Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम, एकै दिन संक्रमितको संख्या ३ लाख नाघ्यो

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम, एकै दिन संक्रमितको संख्या ३ लाख नाघ्यो

महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा
  • बिहिवार, बैशाख ९ २०७८

  • 1.7K
    SHARES

  • भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम, एकै दिन संक्रमितको संख्या ३ लाख नाघ्यो

    भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पहिलो पटक एकै दिन संक्रमितको संख्या ३ लाख नाघेको छ ।

    पछिल्लो २४ घण्टामा थप ३ लाख १५ हजार ८०२ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ पुगेको छ । भारतमा १ करोड ३४ लाख ४९ हजार ४०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ छ ।
    यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार १०२ जनाको मृत्यु भएको छ ।
    यस्तै सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।
    महाराष्ट्रमा गएको २४ घण्टामा ६७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने पाँच सय ६८ जनाको ज्यान गएको छ ।
    अब आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ ।
    महाराष्ट्र राज्यमा विवाह उत्सवमा २५ जनालाई मात्र सहभागी हुन पाउने भएका छन् भने सार्वजनिक बसमा ५० प्रतिशत मात्रै यात्रुलाई चढाउन पाइने छ ।
    लकडाउनभर सरकारी कार्यालयमा १५ प्रतिशत मात्रै कर्मचारी रहने छन् भने लोकल रेलमा कामका लागि मात्रै यात्रा गर्न भनिएको छ ।
    संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।


    बिहिवार, बैशाख ९ २०७८१०:५९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij