एजेन्सी । पञ्जाव किंग्सलाई पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा पहिलो जित हात पारेको छ ।
गएराती भएको खेलमा हैदराबादले पञ्जाबलाई ९ विकेटले पराजित गरेको हो ।
यस्तै आन्द्रे रसेल र प्याट कमिङ्सले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे पनि कोलकाता नाइट राइडर्स आइपिएलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको छ ।
गए राति भएको खेलमा चेन्नाईले कोलकातालाई १८ रनले पराजित ग¥यो । तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोडेको चेन्नाई रोयल च्यालेन्जर्स बेंगलोरलाई रन रनेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।
चार खेल खेल्दा तेस्रो हार व्यहोरेको कोलकाता २ अंकसहित छैटौं स्थानमा छ ।