Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टी कार्यालयमै गएर मुख्यमन्त्रीलाई ‘बलात्कारी’ भनेपछि...

पार्टी कार्यालयमै गएर मुख्यमन्त्रीलाई ‘बलात्कारी’ भनेपछि...

  • बिहिवार, बैशाख ९ २०७८

  • 4.1K
    SHARES

  • पार्टी कार्यालयमै गएर मुख्यमन्त्रीलाई ‘बलात्कारी’ भनेपछि...

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि बालिका खड्का पक्राउ परेकी छिन् । उनलाई आज थापाथलीस्थित नेकपा (एमाले)को नयाँ पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको थियो ।

    एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो । । त्यही गएर खड्काले प्रदर्शन गरेकी थिइन् । खड्का एमालेकी कार्यकर्तासमेत हुन् ।

    कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    खड्काले मुख्यमन्त्री राईले विवाह गर्ने प्रलोभन दिएर आफूमाथि यौनशोषण गरेको आरोप लगाउँदै आएकी छिन् । मुख्यमन्त्री राईले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

    मुख्यमन्त्री राईले केही महिनाअघि मात्र विवाह गरेका थिए ।


    बिहिवार, बैशाख ९ २०७८०१:१२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij