काठमाडौं । नेपालले त्रिदेशीय (त्रिकोणात्मक) टि–ट्वान्टी आई क्रिकेट सिरिजअन्तर्गत राउन्ड रोविनको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको छ । टस जितेको मलेसियाले नेपाललाई ब्याटिङको निम्ता दिएको हो ।
नेपाल यसअघि नै फाइनल पुगिसकेको छ भने मेलेसिया सिरिजबाट बाहिरिसकेको छ । नेपाल ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । आजको खेल जितेमा नेपाल शीर्षस्थानमा पुग्ने छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा १ अंक छ ।
नेपालले जारी सिरिजको पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो ।
आजको खेलमा नेपालका मिडियम पेस बलर कमलसिंह ऐरीले डेब्यू गरेका छन् । नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । साहब आलम र अभिनाश बोहराको ठाँउमा कमलसिंह ऐरी र सुसन भारीले मौका पाएका छन् ।
आज नेपाली बलर सन्दीप लामिछाने टि ट्वान्टीको आफ्नो सयौं खेल खेलिरहेका छन् । उनी सयौं खेल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
यसैबीच, नेपालले २ ओभरमा कुनै विकेट नगुमाउँदै २२ रन बनाएको छ । नेपालमा कुशल भुर्तेल र आशिफ शेख ब्याटिङ गरिरहेका छन् ।
यस्तो छ नेपालको सुरुवाती ११
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, सुशन भारी ।