काठमाडौं । त्रिदेशीय (त्रिकोणात्मक) टि–२० सिरिजअन्तर्गत जारी खेलमा नेपालले मलेसियालाई रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१८ रन बनाउन सफल भएको छ ।
नेपालका लागि करण केसीले ४५, ओपनर आशिफ शेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्ल १९, अर्का ओपनर कुशल भुर्तेलले १८, विनोद भण्डारीले ८ र सोमपाल कामीले २ रन बनाए ।
मंगलबार पनि नेपालले नेदरल्याण्ड्सलाई २०७ रनको विशाल लक्ष्य दिएको थियो । तर, नेपाल ३ विकेटले पारजित हुन पुगेको थियो ।
जारी सिरिजमा नेपाल र नेदरल्याण्ड्स फाइनलमा पुगिसकेका छन् भने मलेसिया बाहिरिइसकेको छ । आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ ।
केहीबेरपछि मलेसियाले ब्याटिङ गर्दैछ ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख, कुशल भुर्तेल र सुशन भारी ।