Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वार्तामा कुनै प्रगति भएको छैन : माधव नेपाल

वार्तामा कुनै प्रगति भएको छैन : माधव नेपाल

  • बिहिवार, बैशाख ९ २०७८

  • 975
    SHARES

  • वार्तामा कुनै प्रगति भएको छैन : माधव  नेपाल

    काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग भएको वार्तामा विवाद समाधानबारे कुनै प्रगति नभएको बताउनुभएको छ ।

    संवाददाताहरुमाँझ उहाँले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘कुराकानीमा कुनै प्रगति भएको छैन।’

    नागपोखरिस्थित होटल मेरियटमा आज दोस्रो दिनको वार्तापछि बाहिरिनुभएका नेता नेपालले सञ्चारकर्मीसँग सक्षिप्तमात्र प्रतिक्रिया दिनुभएको हो ।

    टाढैबाट हात हल्लाउँदै नेपालले भन्नुभयो, ‘ म बोल्दिनँ, बोल्नुपर्ने गरी केही प्रगति भएको छैन ।’

    डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो ।

    त्यसको भोलिपल्ट आज पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

    भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गर्नुभएको छ ।

    तर वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताउनुभएको हो ।


    बिहिवार, बैशाख ९ २०७८०४:४५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij