Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बादलको ठाउँमा जेठ ६ गते राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुने

बादलको ठाउँमा जेठ ६ गते राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुने

  • बिहिवार, बैशाख ९ २०७८

  • 629
    SHARES

  • बादलको ठाउँमा जेठ ६ गते राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुने

    काठमाडौँ – राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन हुने भएको छ।

    आगामी जेठ ६ गते उपनिर्वाचनको मिति घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ।

    यसअघि गत आइतबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार बादलको सांसद पद रिक्त गर्नुभएको थियो ।

    राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायमै रहेको अवस्थामा कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ।

    सोही अनुसार निर्वाचनको लागि मिति तोकिएको हो।


    बिहिवार, बैशाख ९ २०७८०७:३१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij