काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार चौंथो जित निकालेको छ ।
हिजो राति भएको खेलमा राजस्थान रोयल्स्लाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा कुनै पनि विकेट नगुमाई पुरा ग¥यो ।
जितसँगै बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ । र, बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ ।
राजस्थानले ४ खेलमा २ अंक जोडको छ । राजस्थान पुछारमा रहेको छ । आईपिएलमा आज पञ्जाब किङ्ग्स् र मुम्बई इन्डियन्स्बीच प्रतिस्पर्धा हुनेछ ।