Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

त्रिकोणात्मक टी–ट्वान्टीमा उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

त्रिकोणात्मक टी–ट्वान्टीमा उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

  • शनिवार, बैशाख ११ २०७८

  • 797
    SHARES

  • त्रिकोणात्मक टी–ट्वान्टीमा उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

    काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको फाइनल खेल अपरान्ह १ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

    कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ ।

    सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको थियो ।

    नेदरल्यान्ड्स पनि आजको खेलमा नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ ।
    तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन ।

    कोरोना महामारीकाबीच हुन लागेको आजको उपाधि खेल भने दर्शकबिहीन हुने बताइएको छ ।


    शनिवार, बैशाख ११ २०७८१०:११:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij