Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

त्रिदेशीय सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले यसो भने !

त्रिदेशीय सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले यसो भने !

  • आइतवार, बैशाख १२ २०७८

  • 769
    SHARES

  • त्रिदेशीय सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले यसो भने !

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय (त्रिकोणात्मक) सिरिज विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई बधाई दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले बधाई दिनुभएको हो ।

    प्रधानमन्त्री ओलीले नेपाली टोलीले ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा क्रिकेट टोलीको प्रशंसा गर्नुभएको छ ।

    Nepal-Cricket-team.jpg

    ‘नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !’, उहाँले ट्विटरमा लेख्नुभएको छ ।

     

    शनिबार मात्र नेपालले नेदरल्याण्ड्सलाई घरेलु मैदानमा १४२ रनको विशाल अन्तरले पराजित गर्दै त्रिकोणात्मक सिरिजको उपाधि जितेको थियो । सो क्रममा नेपालले विभिन्न कीर्तिमान बनाएको थियो ।

    नेपालले सन् २०१० पछि पहिलोपटक घरेलु मैदानमा उपाधि जितेको हो ।

    Capture.PNG


    आइतवार, बैशाख १२ २०७८०१:१८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij