Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोभिडविरुद्ध खटिन कार्यकर्तालाई ओलीको निर्देशन, तत्काल लकडाउन नहुने

कोभिडविरुद्ध खटिन कार्यकर्तालाई ओलीको निर्देशन, तत्काल लकडाउन नहुने

  • आइतवार, बैशाख १२ २०७८

  • 855
    SHARES

  • कोभिडविरुद्ध खटिन कार्यकर्तालाई ओलीको निर्देशन, तत्काल लकडाउन नहुने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड –१९)विरुद्धको लडाइँमा सम्पूर्ण रूपमा खटिन पार्टी पंक्तिलाई निर्देश गर्नुभएको छ ।

    नेकपा (एमाले) महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा पार्टी अध्यक्षसमेत रहेका ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताउनुभएको हो ।

    ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड–१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ’, बैठकपछि एमाले प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्नुभयो, ‘सरकारले पनि आफ्नो स्थानबाट अधिकतम् प्रयास गरिरहेको जानकारी गाराउभयो ।’

    बैठकमा अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डर ल्याउने, खोपलाई अझ विस्तार गर्नेलगायतका काम सरकारले गरिरहेको जानकारी प्रधानमन्त्रीले दिनुभएको बताइएको छ । स्वास्थ्यसम्बन्धी निर्देशिकाहरू कडाइका साथ लागू गर्ने तर तत्कालै लकडाउन नगर्ने सरकारको तयारी रहेकोबारे पनि बैठकमा चर्चा भएको थियो ।

    ‘लकडाउन आफैंमा अन्तिम समाधान होइन । त्यसैले सकेसम्म मुलुकभर लकडाउन नगरी कोभिड महामारीको सामना गर्ने सरकारको तयारी छ’, ज्ञवालीले भन्नुभयो ।


    आइतवार, बैशाख १२ २०७८०२:०८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij