Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दैनिक कोरोना संक्रमितको संख्या तीन हजार नाघ्यो, २८ जनाको मृत्यु

दैनिक कोरोना संक्रमितको संख्या तीन हजार नाघ्यो, २८ जनाको मृत्यु

  • आइतवार, बैशाख १२ २०७८

  • 733
    SHARES

  • दैनिक कोरोना संक्रमितको संख्या तीन हजार नाघ्यो, २८ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार २८ जनाको एकैदिन मृत्यु भएको छ।

    काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।

    काठमाडौँका १ हजार १ सय ३२, ललितपुरका २७० तथा भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको हो।

    देशभर २५२ जनाको आइसियु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।

     


    आइतवार, बैशाख १२ २०७८०४:५३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij