Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राजधानीका तीनै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

राजधानीका तीनै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

  • आइतवार, बैशाख १२ २०७८

  • 777
    SHARES

  • राजधानीका तीनै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

    काठमाडौँ – राजधानीका तीनवटै सीडीओ कार्यालयले सोमबारदेखि नागरिकता, पासपोर्टलगायत सबै सेवा एक साताका लागि बन्द गरेका छन् ।

    काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सूचना टाँसेर सर्वसाधारणलाई कार्यालय नआउन भनेका हुन् ।

    कोरोनाको दोस्रो लहर बढ्दै जाँदा कर्मचारीहरू समेत संक्रमित भएको र सेवाग्राहीमा समेत जोखिम बढ्ने भएपछि बैशाख २० गतेसम्म सबै सेवा स्थगित गरेको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।

    जिल्ला प्रशासनबाट स्थगित भएका नागरिकता वितरण,प्रतिलिपि,नबालक परिचयपत्र,राहदानी वितरण तथा सिफारिस,हातहतियार दर्ता नविकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता लगायतका काम छन् ।

    अत्यावश्यक सेवाअन्तर्गत शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्य र अत्यावश्यक सिफारिसमात्र जिल्ला प्रशासनबाट प्रवाह हुनेछन् ।dao-kathmandu-notice.jpg


    आइतवार, बैशाख १२ २०७८०५:२१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij