Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

डोटी कांग्रेसद्वारा जिल्ला प्रशासनको ध्यानाकर्षण

डोटी कांग्रेसद्वारा जिल्ला प्रशासनको ध्यानाकर्षण

  • आइतवार, बैशाख १२ २०७८

  • 773
    SHARES

  • डोटी कांग्रेसद्वारा जिल्ला प्रशासनको ध्यानाकर्षण

    डोटी – नेपाली कांग्रेस डोटीले जिल्लामा कोरोना भाइरसकाविरुद्ध लापरबाही बढिरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ।

    कोरोना भाइरसको दोश्रो लहरले जोखिम बढाइरहेका बेला जिल्लामा आवश्यक तयारी नगरिएको भन्दै कांग्रेसले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो।

    सभापति प्रदीप देउवा नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

    कोरोना भाइरसका कारण सिर्जित माहामारीका बेला स्थानीय सरकार र जिल्ला अस्पताल संवेदनसिल नभएकोले प्रशासनको ध्यानाकर्षण गराएको सभापति देउवाले बताउनुभयो ।

    जिल्ला अस्पताल डोटीले जनताको स्वास्थ्यप्रति गम्भीर लापरवाही गरेको उहाँको आरोप छ । प्रदेशबासीलाई लक्षित गर्दै कैलालीको धनगढीमा स्थापना गरीएको अस्थायी कोरोना अस्पताल बिरामीले भरीभराउ भैसक्दा पनी जिल्ला अस्पताल डोटीले अहिले सम्म आइसियू कक्षसमेत निर्माण गर्न नसकेको उहाँको भनाइ छ ।

    कारोना भाइरसबाट सिर्जित यो विषम परिस्थितिमा जनताको स्वास्थ्यप्रति गम्भीर हुनुको सट्टा अस्पतालमा आफ्ना मान्छेलाई मेडिकल सुपरिटेण्डेण्ट बनाउने खेल चलको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

     


    आइतवार, बैशाख १२ २०७८०८:१८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij