Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर ३५५६ संक्रमित थपिए, काठमाडौँमा कति?

देशभर ३५५६ संक्रमित थपिए, काठमाडौँमा कति?

  • सोमवार, बैशाख १३ २०७८

  • 1.1K
    SHARES

  • देशभर ३५५६ संक्रमित थपिए, काठमाडौँमा कति?

    काठमाडौँ – नेपालमा पछिल्ल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    योसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा ३ हजार १ सय ७६ पुगेको छ। यस्तै काठमाडौँ उपत्यकामा थप १ हजार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ।

    काठमाडौँका १५६७, ललितपुरका २२३ तथा भक्तपुरका १२२ जनामा संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार हाल देशभर २२ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १२ हजार ४ सय पीसीआर तथा ८९३ एन्टिजेन परीक्षण भएको छ।


    सोमवार, बैशाख १३ २०७८०५:२१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij