काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमण रोक्ने हरसम्भव उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति आएको बताउनुभएको छ।
उहाँले उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन पनि माग गर्नुभएको छ।
कांग्रेस सभापति देउवाले चाँडै खोपको व्यवस्था गर्न ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गर्नुभएको छ ।