Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशसभाको बैठक आज, प्रदेश –२ को स्थगित

गण्डकी प्रदेशसभाको बैठक आज, प्रदेश –२ को स्थगित

  • मंगलवार, बैशाख १४ २०७८

  • 1.6K
    SHARES

  • गण्डकी प्रदेशसभाको बैठक आज, प्रदेश –२ को स्थगित

    काठमाडौं । सोमबारदेखि जारी गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रोे बैठक आज पनि बस्दै छ । केही बेरपछि सुरु हुने बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

    सोमबारको बैठकमा मुख्यमन्त्रीविरुद्ध अविश्वासकोे प्रस्ताव टेबल भएको छ । विशेष अधिवेशनको पहिलो दिन दलका सांसदहरुले आफ्ना धारणा राखेका थिए ।

    मुख्यमन्त्रीको जवाफपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । कार्यसूचीअनुसार आज पक्ष-विपक्षमा मतदान हुन नसके बुधबार मतदान हुने बताइएको छ ।
    गुरुङलाई मुख्यमन्त्रीबाट हटाउन प्रतिपक्षी तीन दलले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

    यसैबीच, सचिवालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आज बस्ने भनिएको प्रदेश –२ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

    प्रदेशसभा सचिवालयले सूचना जारी गरेर आज बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक अर्को सूचना नहुन्जेलसम्म स्थगित गरिएको जनाएको छ ।

    तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गर्नुपरेको सचिवालयका एक अधिकारीले जानकारी दिनुभयो । झण्डै ६ महिनापछि पाँचौं अधिवेशन गत चैत ३० गते सुरु भएको थियो । आज बस्ने भनिएको बैठकमा प्रदेशको नामाकरण विषयमा छलफलको कार्यसूची थियो ।

     


    मंगलवार, बैशाख १४ २०७८०१:०८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij