Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपीएल: बैंगलोर शीर्ष स्थानमा, दिल्ली पराजित

आईपीएल: बैंगलोर शीर्ष स्थानमा, दिल्ली पराजित

  • बुधवार, बैशाख १५ २०७८

  • 989
    SHARES

  • आईपीएल: बैंगलोर शीर्ष स्थानमा, दिल्ली पराजित

    एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

    मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।

    अहमदाबादमा बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

    कप्तान ऋषव पन्त र शिम्रोन हिटमायरले अर्धशतकीय इनिङ्स खेले पनि दिल्लीलाई जित दिलाउन सकेनन् ।

    कप्तान पन्तले अविजित रहदै ५८ रन बनाए । हिटमायरले अविजित ५३ रन जोडे । यस्तै मार्कुस स्टोनिसले २२ रन जोड्दा पृथ्वी शले २१ रन बनाए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

    बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।

    यस्तै रजत पाटीदरले ३१ रन जोड्दा ग्लेन म्याक्स्वेलले २५ रन जोडे । कप्तान विराट कोहली १२ रनमा आउट हुँदा देबदुत पडिकलले १७ रन बनाए ।

    जितसँगै बैंगलोर ६ खेलमा १० अंकसहित शीर्ष स्थानमा पुगेको छ । दिल्ली ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा छ ।


    बुधवार, बैशाख १५ २०७८०६:५१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij