Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बागमतीमा तीन मन्त्री र एक राज्यमन्त्री थपिए, कर्णाली सरकार जोगाइदिएका तीन मन्त्रीको सपथ पुनः आज

बागमतीमा तीन मन्त्री र एक राज्यमन्त्री थपिए, कर्णाली सरकार जोगाइदिएका तीन मन्त्रीको सपथ पुनः आज

  • बुधवार, बैशाख १५ २०७८

  • 1.0K
    SHARES

  • बागमतीमा तीन मन्त्री र एक राज्यमन्त्री थपिए, कर्णाली सरकार जोगाइदिएका तीन मन्त्रीको सपथ पुनः आज

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।

    मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सुरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिश गरेको उहाँनिकट स्रोतले जानकारी दिएको छ ।

    थपिएका मन्त्रीहरुको शपथ आजै दिउँसो ४ बजेका लागि तोकिएको छ ।

    त्यस्तै, फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका तीन मन्त्रीको सपथ आज दिउँसो हुँदैछ ।

    यसअघि एमाले सांसदको हैसियतमा सपथ खाएका नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले दिउँसो १ बजे सपथ खाने कार्यक्रम तय भएको प्रदेश प्रमुख गोविन्द कलौनीका प्रेस सल्लाहकार दीपेन्द्र वलीले जानकारी दिनुभयो ।

    फ्लोर क्रस गरेको आरोपमा एमालेले यी तीनसहित चारजनालाई सांसदबाट पदमुक्त गरिसकेको छ । पार्टीले निष्कासन गरेसँगै तीनैजना मन्त्री वैशाख १३ गतेदेखि पदमुक्त भएका थिए ।

     


    बुधवार, बैशाख १५ २०७८०२:१३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij