Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपीएल: हैदराबादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

आईपीएल: हैदराबादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

  • बिहिवार, बैशाख १६ २०७८

  • 894
    SHARES

  • आईपीएल: हैदराबादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

    काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको छ । हैदरावादले दिएको १७२ रनको लक्ष्य पछाएको सुपरकिंग्सले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो ।

    सुपरकिंग्सका लागि रुतुराज गायकवाडले सर्बाधिक ७५ रन बनाए भने फाफ डुप्लेसिसले ५६ रन बनाएका थिए । त्यस्तै सुरेश रैनाले अविजित १७ रन बनाए भने मोइन अलीले १५ रन तथा रविन्द्र जडेजाले ७ रन बनाएका थिए । हैदरावादका लागि राशिद खानले तिनै विकेट लिएका थिए ।

     

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाउदै १७१ रन बनाएको थियो । हैदरावादका लागि मनिष पाण्डेले सर्बाधिक ६१ रन बनाए भने कप्तान डेविड वार्नरले ५७ रन बनाए । त्यस्तै केन विलियम्सनले १० बलमा २६ रन र केदार जादभले ४ बलमा १२ रनको योगदान दिएका थिए ।

    यो जितपछि चेन्नई ६ खेलमा पाँचौ जित हासिल गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै सनराइजर्स हैदरावादको भने यो ६ खेलमा पाँचौ हार हो ।


    बिहिवार, बैशाख १६ २०७८०७:३३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij