Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यस्तो छ पूर्वराजा–रानीको स्वास्थ्य अवस्था !

यस्तो छ पूर्वराजा–रानीको स्वास्थ्य अवस्था !

  • बिहिवार, बैशाख १६ २०७८

  • 1.0K
    SHARES

  • यस्तो छ पूर्वराजा–रानीको स्वास्थ्य अवस्था !

    काठमाडौं । कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ । उहाँको काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ ।

    पूर्वरानीमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको अस्पतालले जनाचएको छ ।

    ‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाइफ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ अस्पतालले भनेको छ ।

    कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र, उहाँकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

    अस्पतालका अनुसार ज्ञानेन्द्रको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।

     


    बिहिवार, बैशाख १६ २०७८१२:१३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij