Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय जनमोर्चाको प्रश्न : 'हाम्रा सांसदलाई अस्पतालमा किन बन्दी बनाइयो ?'

राष्ट्रिय जनमोर्चाको प्रश्न : 'हाम्रा सांसदलाई अस्पतालमा किन बन्दी बनाइयो ?'

  • बिहिवार, बैशाख १६ २०७८

  • 812
    SHARES

  • राष्ट्रिय जनमोर्चाको प्रश्न : 'हाम्रा सांसदलाई अस्पतालमा किन बन्दी बनाइयो ?'

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई अस्पतालमा बन्दीको रुपमा राखिएको भन्दै त्यस कदमको आलोचना गरेको छ ।

    गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान सुरु हुने बेलामा सांसद शाही सम्पर्कविहीन भएको खबर सार्वजनिक भएको थियो । पछि उहाँ पोखराको चरक अस्पतालमा भर्ना गरिएको अवस्थामा भेटिनुभएको थियो ।

    ‘राष्ट्रिय जनमोर्चाका जिम्मेवार केन्द्रीय नेता तथा गण्डकी प्रदेशका सांसदहरु जाँदा पनि उहाँलाई भेट गर्न दिइएको छैन । उहाँलाई एक प्रकारको बन्दीका रुपमा किन राखियो र त्यसको कारण के हो ?’, राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले विहीबार विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘उहाँको स्थिति सार्वजनिक गर्नका लागि सरकारसित अनुरोध गर्दछौं ।’

    सरकारी प्रयोगशालामा परीक्षण गर्दा नेगेटिभ आए पनि शाहीलाई कोरोना पोजेटिभ भनेर अस्पताल राखिएको जनमोर्चाको भनाइ छ । शाहीलाई कसरी कोरोना पोजेटिभ देखिएको हो भन्नेबारे पार्टीले भन्न नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

     


    बिहिवार, बैशाख १६ २०७८०२:४४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij