Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपीएल: कोलकाताविरुद्ध दिल्ली विजयी

आईपीएल: कोलकाताविरुद्ध दिल्ली विजयी

  • शुक्रवार, बैशाख १७ २०७८

  • 946
    SHARES

  • आईपीएल: कोलकाताविरुद्ध दिल्ली विजयी

     एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि दिल्ली क्यापिटल्सले सात विकेटको जित हासिल गरेको छ ।

    यो जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने कोलकाता पाँचौं नम्बरमा छ ।

    अहमदावादमा भएको खेलमा दिल्लीका पृथ्वी शाले जारी सिजनमा ‘फास्ट फिप्टी’ को कीर्तिमान बनाए । उनले १८ बलमा अर्धशतक बनाउँदै जारी सिजनमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् ।

    यस्तै दिल्लीका अर्का ब्याट्सम्यान शिखर धवनले आइपिएलमा ५ हजार ५ सय रन पूरा गरेका छन् । उनी आइपिएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा पुगेका हुन् ।

    टस हारेर पहिला ब्याटिङ गर्दै कोलकाताले दिल्लीलाई १५५ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले तीन विकेटको क्षतिमा २१ बल बाँकी छँदै जित हासिल गरेको हो ।

    पृथ्वी शाले ४१ बलमा ८२ रन बनाउँदा शिखर धवनले ४६ रन बनाए ।


    शुक्रवार, बैशाख १७ २०७८०६:२८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij