Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपीएलमा पञ्जाबको जित, बैंगलोर ३४ रनले पराजित

आईपीएलमा पञ्जाबको जित, बैंगलोर ३४ रनले पराजित

  • शनिवार, बैशाख १८ २०७८

  • 746
    SHARES

  • आईपीएलमा पञ्जाबको जित,  बैंगलोर ३४ रनले पराजित

    एजेन्सी । आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ । अहमदाबादमा शुक्रबार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो ।

    पन्जाबले दिएको १ सय ८० रनको लक्ष्यसहित जावाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।

    बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन जोडे । रजत पतिदारले ३१ रन बनाए । हर्सल पटेलले ३१ रन बनाउँदा केली जेमिसन १६ रनमा अविजित रहे ।

    बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका हरप्रित ब्रारले ३ विकेट लिए । रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १/१ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

    पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए । यस्तै क्रिस गेलले ४६ रन जोड्दा हरप्रितले अविजित रहदै २५ रन बनाए ।

    जितसँगै पन्जाब ७ खेलमा ६ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ । पराजयका बाबजुद बैंगलोर भने शीर्ष तीनभित्र कायमै छ । बैंगलोर ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ ।


    शनिवार, बैशाख १८ २०७८०७:००:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij