Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संकटबारे सरकारले दिएको अभिव्यक्तिप्रति क–कसले जनाए आपत्ति ?

कोरोना संकटबारे सरकारले दिएको अभिव्यक्तिप्रति क–कसले जनाए आपत्ति ?

  • शनिवार, बैशाख १८ २०७८

  • 848
    SHARES

  • कोरोना संकटबारे सरकारले दिएको अभिव्यक्तिप्रति क–कसले जनाए आपत्ति ?

    काठमाडौं । कोरोना भाइरस संक्रमितहरुको शैय्याको व्यवस्था गर्न नसकिने भन्दै सरकारले जारी गरेको सार्वजनिक अपिलप्रति राजनीतिक दल तथा मानवअधिकारवादी संघसंस्थाले आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा लगायतका दलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको भनाइप्रति आपत्ति जनाएका हुन् ।

    कांग्रेसले कोरोना संक्रमित बिरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारी र लज्जास्पद भएको टिप्पणी गरेको छ । संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा सरकार गैह्रजिम्मेवार बनेको कांग्रेसको आरोप छ ।

    ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइसकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ ।

    अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैह्रजिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलवाडको व्यवहार हो भन्दै कांग्रेसले यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन नसकिने जनाएको छ ।

    यस्तै, सरकारको अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीले पनि आपत्ति असन्तुष्ट देखिएको छ । आज पार्टीका प्रवक्ता शरदराज पाठकले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको भनि सरकारले लत्तो छाडिदिनु गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको बताउनुभएको छ ।

    ‘कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाएर नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार सङ्क्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैह्रजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।

    यसैगरी, मानव अधिकार तथा शान्ति समाजले पनि कोरोना संक्रमितका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शान्ति समाजका तर्फका सभापति गोविन्द खनालले जारी गरेको विज्ञप्तिमा सरकारको यस्तो गैरजिम्मेवार र संवेदनहीन अभिव्यक्तिले त्रासमा रहेका नागरिकमा मनोवैज्ञानिक भय सिर्जना गरेको जनाइएको छ ।

     


    शनिवार, बैशाख १८ २०७८०३:२९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij