Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बेड छैन भनेर सरकार दायित्वबाट पन्छिन मिल्दैनः चिकित्सक संघ

बेड छैन भनेर सरकार दायित्वबाट पन्छिन मिल्दैनः चिकित्सक संघ

  • शनिवार, बैशाख १८ २०७८

  • 892
    SHARES

  • बेड छैन भनेर सरकार दायित्वबाट पन्छिन मिल्दैनः चिकित्सक संघ

    काठमाडौँ – नेपाल चिकित्सक संघले कोभिड महामारीमा सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालिले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको बताएको थियो।

    चिकित्सक संघले शनिबार विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यको जिम्मेवारी सरकारकै भएको र महामारीमा स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बताएको छ।

    संक्रमितहरुको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयं संक्रमित भइरहेको भन्दै चिकित्सक संघले उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिनसक्ने वातावरण तथा जनशक्तिको उचित व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयसँग मागसमेत गरेको छ ।

    अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड विरुद्धको खोप समयमा नै दिएर र श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारीसँग जुध्न संघले सुझाव दिएको छ ।

    नेपाल चिकित्सक संघले महामारीको रोकथाम तथा उपचारका लागि विगतमाझैँ सरकारलाई सहयोग र सहकार्य गर्न तत्पर रहेको नजाएको छ।


    शनिवार, बैशाख १८ २०७८०५:३५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij