Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टा नबित्दै थप ११ जना कोरोना संक्रमितको मृत्यु

२४ घण्टा नबित्दै थप ११ जना कोरोना संक्रमितको मृत्यु

  • आइतवार, बैशाख १९ २०७८

  • 850
    SHARES

  • २४ घण्टा नबित्दै थप ११ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टा नबित्दै थप सातजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बाँकेका ४ र कञ्चनपुर ३ गरी थप ७ जनाको मृत्यु भएको छ ।

    बाँकेमा २७ देखि ५५ वर्षसम्मका तीन पुरुष र एक महिलाको गएराति मृत्यु भएको हो । मृत्यु हुनेमध्ये तीनजना नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत थिए भने एकजना आइसोलेसन सेन्टरमा थिए ।
    मृत्यु हुनेमा राजापुर नगरपालिका २ बर्दियाका २७ वर्षीय पुरुष छन् । वैशाख १७ गते गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका

    उनलाई १८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । उनको १८ गते अपराह्न साढे ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    त्यस्तै, नेपालगञ्ज मेडिकल कलेजमा नै बैजनाथ गाउँपालिका २ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई वैशाख १४ गते अस्पताल भर्ना गरिएको थियो । वैशाख १७ गते पीसीआर परीक्षण गरिएकोमा उनलाई कोरोना पुष्टि भएको थियो । शनिबार साँझ ६ बजे उनको मृत्यु भएको हो ।

    यसबाहेक मृत्यु हुनेमा खजुरा गाउँपालिका ३ बाँकेका ५५ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ११ बाँकेका ४० वर्षीया एक महिला रहेकी छन् । जसमध्ये ५५ वर्षीय पुरुषको जनक शिक्षा सामाग्री केन्द्रको आइसोलेसनमा मृत्यु भएको हो भने महिलाको नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जनाएको हो ।

    यसैबीच, कञ्चनपुरका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालममा उपचाररत तीन जना संक्रमितको गएराति मृत्यु भएको हो ।

    महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको जानकारी दिनु भयो ।

    उहाँका अनुसार भेन्टिलेटरमा उपचाररत पुरुष बैशाख १६ गते अस्पताल भर्ना भएका थिए भने महिलाको दुई दिनदेखि ईमरजेन्सी वार्डमा अक्सिजन दिएर उपचार भइरहेको थियो ।

    यस्तै, धनगढीको कैलाली अस्पतालको कोभिड वार्डमा उपचाररत कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका ३३ वर्षीया संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।

    जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बैतडी घर भएर महेन्द्रनगरमा बस्दै आएका उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको जानकारी दिनु भएको छ ।

     


    आइतवार, बैशाख १९ २०७८१२:०८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij