Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन ३ लाख ९२ हजारभन्दा बढीमा संक्रमण, निको हुने कति ?

भारतमा एकैदिन ३ लाख ९२ हजारभन्दा बढीमा संक्रमण, निको हुने कति ?

  • आइतवार, बैशाख १९ २०७८

  • 1.1K
    SHARES

  • भारतमा एकैदिन ३ लाख ९२ हजारभन्दा बढीमा संक्रमण, निको हुने कति ?

    एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ४८८ जनामा कोभिड –१९ संक्रमण देखिएको छ । शनिबार हालसम्मकै बढी ४ लाखभन्दा बढीमा संक्रमण देखिएको हो ।

    यस्तै, संक्रमणका कारण एकैदिन थप ३ हजार ६८९ जनाको मृत्यु भएको छ ।

    आइतबार बिहानसम्म ३ लाख ७ हजार ८६५ जना संक्रमण मुक्त भएका छन् । जससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३३ लाख ४९ हजार ६४४ पुगेको छ ।

    भारतमा हालसम्म १ करोड ९५ लाख ५७ हजार ४५७ जनामा कोभिड –१९ संक्रमण देखिँदा २ लाख १५ हजार ५४२ जनाको मृत्यु भइसकेको छ ।

     


    आइतवार, बैशाख १९ २०७८१२:४७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij