Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकैदिन थपिए ७२११ संक्रमित, काठमाडौँमा कति?

एकैदिन थपिए ७२११ संक्रमित, काठमाडौँमा कति?

  • आइतवार, बैशाख १९ २०७८

  • 736
    SHARES

  • एकैदिन थपिए ७२११ संक्रमित, काठमाडौँमा कति?

    काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ५९५ जना संक्रमित थपिएका छन्।

    काठमाडौँमा २ हजार ७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन्। हालसम्म ४८ हजार ७११ सक्रिय संक्रमित रहेका छन्।

    यसैगरी देशभर पछिल्लो २४ घण्टामा १६ हजार १४७ पीसीआर तथा ६२३ एन्टिजेन परीक्षण भएको छ।


    आइतवार, बैशाख १९ २०७८०४:५४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij