Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आईपीएल: पन्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

आईपीएल: पन्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

  • सोमवार, बैशाख २० २०७८

  • 765
    SHARES

  • आईपीएल: पन्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

    काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

    अहमदाबादमा पन्जाबले दिएको १६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

     

    दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । समान ८ खेल खेलको पन्जाबले अहिलेसम्म ३ खेलमा मात्र जित निकालेको छ । पन्जाब ६ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।


    सोमवार, बैशाख २० २०७८०८:०७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij