काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिनुभएको हो ।
ज्वरो र जिउ दुख्ने समस्या भएपछि आइतबार बेलुका स्वाब दिएको र बिहान पोजेटिभ रिपोर्ट आएको शर्माले जानकारी दिनुभएको छ ।
अहिले आफू डेरामै आइसोलेशनमा रहेको र लक्षणले च्यापेको तर मनोबल उच्च रहेको शर्माले बताउनुभएको छ ।
‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब दिएँ । बिहानीपख रिपोर्ट आयो–पोजेटिभ । टेकुका डाक्टर मित्र अनुप बाँस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु’, उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ, सजग बनौं !’
