Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images

नेताहरुलाई कोरोना संक्रमण भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित, क–कसलाई भयो संक्रमण ?

नेताहरुलाई कोरोना संक्रमण भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित, क–कसलाई भयो संक्रमण ?

  • सोमवार, बैशाख २० २०७८

  • 1.0K
    SHARES

  • नेताहरुलाई कोरोना संक्रमण भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित, क–कसलाई भयो संक्रमण ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि त्यसबारे धारणा बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।

    केही नेताहरूको स्वास्थ्यमा समस्या आएका कारण आजका लागि बोलाइएको बैठक मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    आज बिहान मात्रै प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय सदस्यहरू शंकर भण्डारी र चीनकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् ।


    सोमवार, बैशाख २० २०७८१२:५४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij