Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमण बढेपछि आईपीएल क्रिकेट अनिश्चितकाललाई स्थगित

कोरोना संक्रमण बढेपछि आईपीएल क्रिकेट अनिश्चितकाललाई स्थगित

  • बुधवार, बैशाख २२ २०७८

  • 715
    SHARES

  • कोरोना संक्रमण बढेपछि आईपीएल क्रिकेट अनिश्चितकाललाई स्थगित

    काठमाडौँ । आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।

    कोरोना भाइरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको हो ।

    विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

    पछिल्लो पटक कोलकत्ता नाइट राईडर्सका दुई खेलाडी, चेन्नई सुपर किङ्सका तीन अफिसियल र सनराइजर्स हैदरावादका एक खेलाडीमा कोरोना देखिएको छ ।

    कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको थियो ।

    चेन्नईका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको थियो ।

    त्यस्तै सनराइजर्स हैदरावादका विकेटकिपर ब्याट्सम्यान रिद्धिमान साहालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।


    बुधवार, बैशाख २२ २०७८०६:२४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij