Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पर्वतमा जिप पल्टिँदा १६ जना घाइते

पर्वतमा जिप पल्टिँदा १६ जना घाइते

  • शुक्रवार, बैशाख २४ २०७८

  • 873
    SHARES

  • पर्वतमा जिप पल्टिँदा १६ जना घाइते

    काठमाडौं । पर्वतको खौला (कुस्मा नगरपालिका–१३)बाट मलामी लिएर कुस्मातर्फ आउँदै गरेको जिप आज बिहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १६ जना घाइते भएका छन् ।

    ग २ च ५२१३ नम्बरको डबल क्याबको महिन्द्रा जिप कुस्मा–१० पिपलटारीको सिमखेतमा दुर्घटनाग्रस्त भएको पर्वत प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र अन्य १२ जना सामान्य रहेको पर्वत प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक मनीष श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सबै घाइतेको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

    प्रहरीका अनुसार पर्वत अस्पतालमा मिर्गाैलाको डायलाइसिस गराइरहेका कुस्मा–१३ का विष्णु परियारको निधन भएपछि उनका छिमेकीहरू कुस्मातर्फ आउँदै गर्दा करिब साढे ९ बजे जिप पल्टिएको हो । जिप चालक कुस्मा–१२ का २२ वर्षीय अनिनाथ परियारलाई नियन्त्रणमा लिएर दुर्घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

     


    शुक्रवार, बैशाख २४ २०७८०२:१९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij