Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अख्तियारका पूर्वप्रमुख बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

अख्तियारका पूर्वप्रमुख बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

  • शुक्रवार, बैशाख २४ २०७८

  • 456
    SHARES

  • अख्तियारका पूर्वप्रमुख बस्नेतलाई ५ लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दिप बस्नेतलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
    उहालाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले आज आदेश दिएको हो ।

    न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्नेतलाई छाड्न आदेश दिएको छ । केही दिनअघि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

    तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो । उहा थुना बाहिरै बसेर मुद्दा लड्न माग गर्दै सर्वोच्च अदालत गए पनि उहाको माग सुनुवाइ भएको थिएन ।


    शुक्रवार, बैशाख २४ २०७८०५:११:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij