काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९ हजार २३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्य काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १०६ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४ हजार १०६ जना थपिएको जानकारी दिएका हुन् ।
योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।
त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ५७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।