Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

  • शनिवार, बैशाख २५ २०७८

  • 536
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले आज दिएको जानकारी अनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने मृतकको कुल संख्या ३६३२ पुगेको छ।

    आजसम्म देशभर सक्रिय संक्रमित ८३ हजार ४९३ जना पुगेका छन् ।


    शनिवार, बैशाख २५ २०७८०५:४०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij