Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको निर्देशनः सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू

प्रधानमन्त्रीको निर्देशनः सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू

  • आइतवार, बैशाख २६ २०७८

  • 1.0K
    SHARES

  • प्रधानमन्त्रीको निर्देशनः सामूहिक राजीनामा अपराध हो, यसमा सहभागी नहुनू

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

    आइतबार विज्ञप्ति जारी गर्दै उनले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भन्नुभएको हो।

    ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं’ उहाँले भन्नुभएको छm ‘तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गर्नुभएको हो ।

    पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने ओलीले बताउनुभएको छ । ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ उहाँले भन्नुभएको छ ।


    आइतवार, बैशाख २६ २०७८०६:०५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij