Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सांसदहरुलाई प्रधानमन्त्रीको प्रश्न, ‘मलाई विश्वास नगर्नुपर्ने कुनै कारण छ र ?’

सांसदहरुलाई प्रधानमन्त्रीको प्रश्न, ‘मलाई विश्वास नगर्नुपर्ने कुनै कारण छ र ?’

  • सोमवार, बैशाख २७ २०७८

  • 840
    SHARES

  • सांसदहरुलाई प्रधानमन्त्रीको प्रश्न, ‘मलाई विश्वास नगर्नुपर्ने कुनै कारण छ र ?’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि अविश्वास राख्नुपर्ने कुनै कारण नै नभएको बताउनुभएको छ । आज संसद्मा सरकारले गरेका कामको फेहरिस्त राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    विश्वासको प्रस्ताव राख्ने क्रममा उहाँले संविधानको स्वीकार्यता, हिंसामा लागेकालाई शान्तिपूर्ण बाटोमा ल्याएका लगायतका कुरा राख्दै सरकारलाई अविश्वास गर्नुपर्ने कारण नभएको बताउनुभएको हो ।

    विगतमा संविधानको स्वीकार्यता, सर्वग्राहयता प्रश्न उठ्ने गरेको तर अहिले आएर त्यो अवस्थाको अन्त्य आफ्नो सरकारले गरेको ओलीको भनाइ थियो ।

    त्यस्तै, राष्ट्रियताको सवालमा अहिले प्रश्न उठ्ने ठाउँ नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

    ’आज सिंगो देशमा कसैले पनि विखण्डनको राजनीति गर्दैंन । सर्वभौमसत्ता लगयातका विषयमा अब कुनै विवाद छैन,’ उहाँले प्रतिप्रश्न गर्नुुभयोे, ’हिंसाको राजनीति अन्त्य भएको छ । यी के ऐतिहासिक र ठूला उपलब्धि होइनन् ? यसैले हेर्दा सरकारलाई विश्वास गर्न नपर्ने कारणै छैन ।’

    प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौं ल्याउने काम गरेकोदेखि धरहरा, रानीपोखरी र वसन्तुपरको पुनर्निर्माण गरेको र दैनिक ६ किलोमिटर बाटो पिच गरिएको पनि दावी गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले आज संसद्मा विश्वासको मत दिँदै हुनुहुन्छ । त्यसका लागि आज मतदान हुँदैछ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै अधिकांश दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने भएका छन् ।

    साथै, प्रधानमन्त्रीकै पार्टी नेकपा (एमाले)को माधवकुमार नेपाल समूहका सांसद पनि संसद्मा अनुपस्थित रहेका छन् ।

     


    सोमवार, बैशाख २७ २०७८०२:४६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij