Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाल सुपर लिग: फाइनलका लागि आज ललितपुर र काठमाडौं भिड्दै

नेपाल सुपर लिग: फाइनलका लागि आज ललितपुर र काठमाडौं भिड्दै

  • बिहिवार, बैशाख ३० २०७८

  • 748
    SHARES

  • नेपाल सुपर लिग: फाइनलका लागि आज ललितपुर र काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्दैछन् ।

    पहिलो प्लेअफमा पराजित काठमाडौँले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

    बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुर आज काठमाडौँविरुद्ध उत्रदै छ ।

    पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदूरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो ।

    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ । यसअघि लिग चरणको खेलमा काठमाडौँले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो ।


    बिहिवार, बैशाख ३० २०७८०६:३०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij