एजेन्सी - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले टेस्ट क्रिकेट खेल्ने राष्ट्रको वरियता सार्वजनिक गरेको छ ।
हालै सार्र्वजनिक गरेको नयाँ वरीयताअनुसार भारत शीर्ष स्थानमा यथावत् छ । पछिल्लो समय भएका टेस्ट क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेकाले भारत शीर्ष स्थानमै रहन सफल भएको आइसिसीले जनाएको छ ।
त्यस्तै, न्युजिल्यान्ड पनि दोस्रो स्थानमा यथावत् छ । यसैगरी, इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिँदा अष्ट्रेलिया चौथो स्थानमा छ ।
भारतको चिरपरिचित प्रतिद्वन्द्धी पाकिस्तान भने पाँचौ स्थानमा छ । पछिल्लो वरियतामा पाकिस्तान यथास्थानमा कायम रहेको हो ।
यस्तो छ पूरा वरियता :
