Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज सपथ लिँदै प्रधानमन्त्री ओली

आज सपथ लिँदै प्रधानमन्त्री ओली

  • शुक्रवार, बैशाख ३१ २०७८

  • 1.2K
    SHARES

  • आज सपथ लिँदै प्रधानमन्त्री ओली

    काठमाडौं । तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएका नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ ।

    प्रतिनिधिसभामा विश्वासको मत गुमाएको तीन दिनमै फेरि प्रधानमन्त्री नियुक्त भएका ओलीले आज दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिने हुनुभएको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले गएराति ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

    राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई आज साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिएको थियो ।

    उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र( लगायत दलले बहुमत सदस्यको दावी पेश गर्ने कोशिश गरे पनि ती असफल भएका थिए ।

    विपक्षमै रहेको अर्को दल जनता समाजवादी पार्टी नेपालले सरकार बनाउने कुनै पनि गठबन्धनमा सामेल नहुने अडान राखेपछि कुनै पनि दलले बहुमत जुटाउन नसक्ने स्थिति देखा परेको थियो । उहाँले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


    शुक्रवार, बैशाख ३१ २०७८०७:०५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij