Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

टि-२० विश्वकपमा २० टोली समावेश गर्ने आइसिसीको तयारी, नेपाललाई कति फाइदा ?

टि-२० विश्वकपमा २० टोली समावेश गर्ने आइसिसीको तयारी, नेपाललाई कति फाइदा ?

  • शुक्रवार, बैशाख ३१ २०७८

  • 1.4K
    SHARES

  • टि-२० विश्वकपमा २० टोली समावेश गर्ने आइसिसीको तयारी, नेपाललाई कति फाइदा ?

    एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले टि-२० विश्वकपमा २० टोलीलाई खेलाउने तयारी गरेको छ । यो फम्र्याटको विश्वकपमा १६ टोली सहभागिता जनाउँदै आएका छन् ।

    यसै वर्ष भारतमा र अर्को वर्ष अष्ट्रेलियामा टि-२० विश्वकप हुँदै छ । आइसिसीले त्यसपछि हुने सन् २०२४ को संस्करणदेखि टि-२० विश्वकपमा सहभागी सङ्ख्या २० पुर्याउन विस्तार गर्न छलफल थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    जसमा २० देशलाई ४ समूहमा विभाजन गरिने योजना छ । एकदिवसीय विश्वकपमा १० बाट १४ सङ्ख्या पुर्याउनेमा पनि छलफल भएको बताइएको छ ।

    ओलम्पिकमा सहभागिता जनाउने तथा आइसिसी इन्टरकन्टिलेन्टल कप फरक नाममा गर्नेमा आइसिसी सकरात्मक देखिएको बताइएको छ । इन्टरकन्टिनेन्टल कप एसोसियट देशबीच प्रतिस्पर्धा हुने र त्यसले प्रथम श्रेणीको क्रिकेटको मान्यता पाउने बताइएको छ ।

    टि-२० विश्वकपमा २० र एकदिवसियमा १४ देश पुर्याउँदा नेपाललगायतका एसोसियट देशलाई धेरै फाइदा र सहज हुने विश्लेषकहरुले बताएका छन् ।

    नेपाल हाल २०२२ को टि-२० विश्वकप ग्लोबल छनोट खेल्ने तयारीमा छ ।

    नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टि-२० विश्वकप खेलेको थियो । त्यसयता नेपाल विश्वकपमा छनोट हुन सकेको छैन ।


    शुक्रवार, बैशाख ३१ २०७८१२:०१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij