Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
प्रधानमन्त्री ओलीलाई गगनको भिडियो सन्देश :

'प्रधानमन्त्रीज्यू सबथोक छोडेर कोरोनाविरुद्ध लाग्नुहोस्, हामी तपाईँको साथमा उभिनेछौँ' (भिडियोसहित)

'प्रधानमन्त्रीज्यू सबथोक छोडेर कोरोनाविरुद्ध लाग्नुहोस्, हामी तपाईँको साथमा उभिनेछौँ' (भिडियोसहित)

  • शनिवार, जेठ १ २०७८

  • 1.4K
    SHARES

  • 'प्रधानमन्त्रीज्यू सबथोक छोडेर कोरोनाविरुद्ध लाग्नुहोस्, हामी तपाईँको साथमा उभिनेछौँ' (भिडियोसहित)

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले कोरोना महामारीसँग जुध्नका लागि मन, ध्यान, शक्ति, उर्जा र सबै संयन्त्र लगाउन प्रधानमन्त्री ओलीलाईआग्रह समेत गर्नुभएको छ ।

    प्रधानमन्त्रीज्यू, तपाईँले फेरि एकपटक मौका पाउनु भएको छ । अब केही दिन तपाईं अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, उर्जा, संयन्त्र सबै महामारीसँग जुध्न लगाउनुहोस्, उहाँले भन्नुभएको छ, हामी पनि अबको केही समय तपाईँसँगका सबै असहमतिलाई बिसाएर जनताको जीवन रक्षा गर्न तपाईंको साथमा उभिनेछौँ ।’

    सांसदसमेत रहेका थापाले अब पार्टी फुटाउन, पार्टी भित्रका विवाद मिलाउन, चर्काउन तथा उद्घाटन र सिलान्यास सबै छोडेर कोरोनाविरुद्ध लाग्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

    यस्तो छ भिडियो सन्देश :


    शनिवार, जेठ १ २०७८०२:२९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij