Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, नयाँ अनुहारलाई प्राथमिकता (सूचिसहित)

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, नयाँ अनुहारलाई प्राथमिकता (सूचिसहित)

  • मंगलवार, जेठ ४ २०७८

  • 738
    SHARES

  • विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, नयाँ अनुहारलाई प्राथमिकता (सूचिसहित)

    काठमाडौं - नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फिफा विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् । २३ खेलाडीको नामावली सार्वजनिक हुँदा १३ जना खेलाडी परिवर्तन भएका छन् । जसमा ६ जना खेलाडीले पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन् । प्रशिक्षक अब्दुल्लाहले तीनजना गोलकिपर, ६ जना डिफेन्डर, १० जना मिडफिल्डर, चारजना स्ट्राइकरलाई टिममा राखेका छन् ।

    प्रशिक्षक अब्दुल्लाहले पहिलोपटक राष्ट्रिय टिमको प्रशिक्षण सम्हाल्दा नै टिममा ब्यापक परिवर्तन गरेका छन । उनले अन्तिम २३ जनाको नामावली सार्वजनिक गर्दा थ्री नेशन्स कपका खेल गुमाएका नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले टिममा कमब्याक गराएका छन् । तर, भरत खवास, दर्शन गुरुङ, रञ्जित धिमाल, निशान खड्का र रवि पासवानले टिममा स्थान बनाउन सकेनन् ।
    कमल थापा, सुरज जिऊ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलकिपर विशाल सुनार पहिलोपटक टिममा परेका हुन् ।

    यसका साथै अब्दुल्लाहले आशिष लामा, सुमन लामा र पुजन उपरकोटीलाई यसपटक मौका दिएका छन् भने विवेक बस्नेत, नितिन थापा, ससेहाङ आङदेम्बे र अमित तामाङले अन्तिम टिममा ठाँउ बनाउन सकेनन् ।

    विश्वकप छनोट खेलअघि नेपाली टिमले मे २९ तारिखमा इराकसँग उसकै मैदानमा मैत्रीपुर्ण खेल पनि खेल्नेछ । त्यसपछि टिम कुवेतमा विश्वकप छनौटका लागि जानेछ । विश्वकप छनोटमा नेपाली टिमले जुन ३ तारिखमा चाइनिज ताइपेईसँग खेल्नेछ भने जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

    नेपाली टिम : 

    गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की

    डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास

    मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिऊ ठकुरी, पुजन उपरकोटी र आयुष घलान

    फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा ।


    मंगलवार, जेठ ४ २०७८०४:०९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij