Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानमाथि जालसाजी गरे : वरिष्ठ नेता पौडेल

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानमाथि जालसाजी गरे : वरिष्ठ नेता पौडेल

कांग्रेसले बोलायो सर्वदलीय बैठक
  • शुक्रवार, जेठ ७ २०७८

  • 833
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानमाथि जालसाजी गरे : वरिष्ठ नेता पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली किलेर संविधानमाथि जालसाजी गरेको बताउनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिकृया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

    सो अवसरमा नेता पौडलले सबै दलसँग छलफल गरेर विकसित राजनीतिक घटनाक्रमबारे ठोस निष्कर्षमा पुग्ने निर्णय भएको जानकारी दिनुभयो ।

    'काँग्रेस बैठकले प्रधानमन्त्री र राष्ट्रपति मिलेर नेपालको संविधानमाथि ठुलो जालसाजी गरेको ठहर गरेको छ । र, काँग्रेसले यसलाई भत्र्सना गरेको छ । यसलाई कारवाही गर्न हामी अगाडि बढ्छौ', उहाँले भन्नुभयो, 'राष्ट्रपति र प्रधानमन्त्रीले नयाँ सरकार गठन गर्न जुन किसिमले आव्हान गर्नुभयो, प्रधानमन्त्री राजीनामा गरेको छैन । अपदस्थ भएको छैन । थोरै समय दिएर प्रधानमन्त्री चयन गर्न दिएको समय जालसाजी हो ।'

    साथै उहाँले संविधान बचाउन सबै पार्टीसँग छलफल गरेर ठोस निष्कर्षमा पुग्ने पनि बताउनुभयो ।

    यसैबीच, कांग्रेसले राष्ट्रपतिको कदम रोक्न भन्दै सर्वदलीय बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आजका लागि सर्वदलीय बैठक बोलाएको हो ।

    राष्ट्रपतिको कदम रोक्नुपर्ने भएकाले दलहरूसँग छलफल गरेर कुन बाटोमा जाने भन्नका लागि सर्वदलीय बैठक बोलाइएको सह–महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ ।

    यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापित देउवालाई भेट्न बूढानिलकण्ठ पुग्नुभएको छ ।

     


    शुक्रवार, जेठ ७ २०७८११:४१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij