काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मध्यरातमा प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने घोषणाप्रति विपक्षी गठबन्धनले सशक्त प्रतिवाद गर्ने भएको छ ।
आज नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकले त्यस्तो निर्णय गरेको हो ।
राष्ट्रपतिको आह्वानअनुसार बहुमत सांसदसहित प्रधानमन्त्रीको दाबी गर्दा प्रधानमन्त्रीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।
यसैबीच, विपक्षी गठबन्धनले संसद् विघटनविरुद्ध सशक्त प्रतिवाद गर्ने भन्दै संयुक्त वक्तव्यसमेत जारी गरेको छ ।
जसमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर छ ।
यस्तो छ संयुक्त वक्तव्य :
