Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पिएसजीको बर्चस्व तोड्दै लिलेले जित्यो फ्रेन्च लिग

पिएसजीको बर्चस्व तोड्दै लिलेले जित्यो फ्रेन्च लिग

  • सोमवार, जेठ १० २०७८

  • 511
    SHARES

  • पिएसजीको बर्चस्व तोड्दै लिलेले जित्यो फ्रेन्च लिग

    एजेन्सी - अन्तिम खेलमा एन्गर्सलाई २–१ को जित निकाल्दै लिलेले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । जोनथन डेभिडले १० औं मिनेटमा गोल गर्दै लिलेलाई अग्रता दिलाए भने पहिलो हाफको अन्त्यमा बुराक यिल्मजले पेनाल्टीमार्फत अग्रता दोब्बर पारे ।

    इन्जुरी समयमा एन्गर्सका एन्जेलो फुलगिनीले खेललाई २–१ को अवस्थामा फर्काए पनि लिलेलाई उपाधि जित्नबाट रोक्न त्यो पर्याप्त भएन ।

    लिलेले कुल ८३ अंक जोड्दै लिग जित्यो । उसले फ्रेन्च लिग वान जितेको यो चौथोपटक हो ।

    दोस्रो स्थानको पेरिस सेन्ट जर्मेइन (पिएसी)ले ब्रेस्टलाई २–० ले हरायो । तर अंक कम भएकाले दोस्रो स्थानमै सिमित भयो । उसले ८२ अंक जोडेको छ । विगत नौ वर्षमा पिएसजी उपाधिबाट विमुख भएको यो दोस्रो अवसर हो ।

    यसअघि तीन संस्करणमा पिएसजीले लगातार उपाधि जितेको थियो । यो वर्ष लिलेले पिएसजीको बर्चस्व तोडेको छ ।

    विजेता लिले र उपविजेता पिएसजीसँगै सँगै तेस्रो स्थानमा रहेको मोनाको पनि च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

    अन्तिम खेलमा लेन्ससँग गोलरहित खेलेको मोनाकोले ७८ अंक थियो । यता, नाइससँग ३–२ ले पराजित भएपछि ७६ अंकमै खुम्चिएको लियोनले चौथो स्थानमै रहेर लिग टुंग्यायो । फ्रेन्च लिगबाट शीर्ष तीन क्लब च्याम्पियन्स लिगमा छानिन्छन् । .


    सोमवार, जेठ १० २०७८११:४१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij