Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विपक्षी गठबन्धनले सर्वोच्चमा पेश गरेको रिट दर्ता

विपक्षी गठबन्धनले सर्वोच्चमा पेश गरेको रिट दर्ता

  • सोमवार, जेठ १० २०७८

  • 874
    SHARES

  • विपक्षी गठबन्धनले सर्वोच्चमा पेश गरेको रिट दर्ता

    काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।

    नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरुले सोमबार रिट दर्ता गराएका हुन् ।

    रिट दर्ता गरिएको सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले बताउनुभयो। रिटमा चार राजनितिक दलका दलका १ सय ४६ जना सांसदले हस्ताक्षर गरेका छन्।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असंवैधानिक तरिकाले संसद विघटन गरेको दावी गर्दै गठबन्धनका सांसदहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् ।

    मन्त्रिपरिषद् तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

     


    सोमवार, जेठ १० २०७८०५:२६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij