Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेट टिमको वरीयता यथावत

नेपाली क्रिकेट टिमको वरीयता यथावत

  • मंगलवार, जेठ ११ २०७८

  • 1.1K
    SHARES

  • नेपाली क्रिकेट टिमको वरीयता यथावत


    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ ।

    नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा नै कायम छ । अघिल्लो वरीयतामा पनि नेपाल १६औँ स्थानमै रहेको थियो । टी-ट्वान्टी वरीयतामा नेपाल १३औँ स्थानमा रहेको छ ।

    घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एकदिवसीय क्रिकेट खेलेको छैन ।

    एकदिवसीयमा नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेका छन् ।

    वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा भारत रहेका छन् ।


    मंगलवार, जेठ ११ २०७८०६:३२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij